दफा ६५२
विपद्को अवस्थामा सम्पत्ति बचाएकोमा मनासिब खर्च दिनु पर्नेः

कसैले आगलागी, बाढी, पहिरोे, आँधी भूकम्प जस्ता विपद् भएको अवस्थामा सम्पत्ति धनीको जानकारी बिना कुनै सम्पत्ति बचाएमा वा संरक्षण गरेकोमा त्यस्तो सम्पत्ति बचाउन वा संरक्षण गर्दा लागेको मनासिब खर्च त्यस्तो व्यक्तिलाई सम्पत्तिको धनीले शोधभर्ना गर्नु पर्नेछ ।